दफा ८९
इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने

पति वा पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ ।