दफा २६
उजुर गर्न सक्ने

(१) गिरफ्तार भएको वा थुनिएको व्यक्ति आफैँले वा निजको तर्फबाट जोसुकैले बन्दीप्रत्यक्षीकरणको आदेशको लागि सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालतमा उजुरी दिन सक्नेछ ।
(२) कसैले एकभन्दा बढी अदालतमा उजुरी दिएमा माथिल्लो अदालतमा दिएको उजुरी कायम रहनेछ ।
(३) कसैले यस परिच्छेद विपरीत कुनै काम कारबाही गरेमा वा गर्न लागेको पर्याप्त आशङ्का भएमा त्यस्तो काम कारबाहीबाट मर्का पर्न जाने व्यक्तिले आफ्नो अधिकारको प्रचलनको लागि प्रादेशिक क्षेत्राधिकार भएको उच्च अदालत वा जिल्ला अदालतमा उजुर गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा कानून विपरीत गिरफ्तार गरिएको वा थुनिएको देखिएमा सम्बन्धित अदालतले त्यसरी गिरफ्तार वा थुनिएको व्यक्तिलाई तुरुन्त थुनाबाट छाड्न आदेश दिनेछ ।
(५) उपदफा (३) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा प्रत्यर्थीले निजको अधिकारमा केही क्षति पुऱ्याएको वा क्षति पुऱ्याउन लागेको देखिएमा सम्बन्धित अदालतले त्यस्तो प्रत्यर्थीको नाममा उजुर गर्ने व्यक्तिको अधिकार उपर क्षति पुग्ने किसिमको काम नगर्न, नगराउन र केही काम गरिसकेको भए बाँकी काम नगर्न वा कुनै काम गर्न लगाउन आदेश जारी गर्न सक्नेछ ।