दफा ४०७
उद्घोषण गरी सम्पत्ति दान दिन सक्ने

कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उद्घोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान दिन सक्नेछ । तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा कुनै नालिस गर्न सकिने छैन ।