दफा ४७५
ऋण लिए सरह मानिने

कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिनेछ र त्यस्तो व्यक्तिले यस परिच्छेदको व्यवस्थाको अधीनमा रही सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ ।