दफा ५७
ऋणीलाई सूचना दिनु पर्ने

(१) दफा ५५ बमोजिम साहू वा साहूहरूको समूहले ऋणीको जायजेथाको दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न निवेदन दिएकोमा अदालतले निजको जायजेथा उपर दामासाही सम्बन्धी कारबाही गर्नु पर्ने हो वा होइन र नगर्नु पर्ने कुनै कारण भए त्यसको प्रमाण सहित अदालतमा उपस्थित हुन पैँतीस दिनको म्याद सहितको सूचना ऋणीलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ऋणीलाई सूचना दिएकोमा अन्य साहू वा दाबीकर्तालाई त्यस सम्बन्धमा पैँतीस दिनभित्र दाबी पेश गर्न आउनु भनी सूचना दिई त्यस्तो सूचना राष्ट्रियस्तरको कुनै दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र दाबी पेश नगर्ने व्यक्तिको दाबी त्यस्तो अवधिपछि मान्य हुने छैन ।
(४) उपदफा (२) बमोजिम वा दफा ५६ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा सूचना प्रकाशन गर्दा लाग्ने दस्तुर सम्बन्धित निवेदकबाट असुल गरिनेछ ।
(५) उपदफा (४) बमोजिम असुल गरिएको दस्तुर दामासाहीको क्रममा ऋणीबाट भराई दिन सकिनेछ ।