दफा ५९१
एजेन्सी सम्बन्धी करार भएको मानिनेः

कुनै व्यक्तिले आफ्नो व्यक्तिगत दक्षतासँग सम्बन्धित विषयमा बाहेक आफ्नो तर्फबाट कुनै काम गर्न, प्रतिनिधि (एजेन्ट) भई व्यवसाय सञ्चालन गर्न, तेस्रो व्यक्तिसँग कुनै कारोबार गर्न, त्यस्तो व्यक्ति समक्ष आफ्नो प्रतिनिधित्व गर्न वा प्रतिनिधि नियुक्त गर्ने व्यक्ति (मुख्य व्यक्ति) र तेस्रो व्यक्ति बीच कुनै किसिमको कानूनी सम्बन्ध स्थापित गर्न कसैलाई प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी प्रतिनिधि नियुक्त गरेकोमा एजेन्सी सम्बन्धी करार भएको मानिनेछ ।