दफा २०३
ऐन संहिताको व्यवस्था लागू हुने

(१) धर्मपुत्र वा धर्मपुत्रीको सम्बन्धमा दफा १७३, १७४, १७५, १७८, १७९, १८०, १८१ र १८३ मा गरिएका व्यवस्थाहरू यसपरिच्छेद बमोजिम विदेशीद्वारा राखिएका धर्मपुत्र वा धर्मपुत्रीको हकमा समेत लागू हुनेछन्।
(२) नेपालमा बसोबास गरेका विदेशीका नाबालकलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने सम्बन्धमा दफा १९१ को व्यवस्था लागूहुने छैन ।
(३) यस परिच्छेद बमोजिमका व्यवस्थाको कार्यान्वयन गर्न बोर्डको सिफारिसमा नेपाल सरकारले आवश्यक निर्देशिका बनाउनसक्नेछ ।