नियम ७५
कबुलियती वनको व्यवस्थापन
(१) नियम ७३ बमोजिमको कबुलियती वनमा रहेका वन पैदावारको संरक्षण र उपयोग स्वीकृत कार्ययोजनामा उल्लेख भए बमोजिम हुनेछ।

(२) नियम ७३ बमोजिमको कबुलियती वन समूहले प्रचलित कानूनको अधीनमा रही स्वीकृत कार्ययोजना बमोजिम वन उद्यम र वनमा आधारित पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्नेछ। (३) नियम ७३ बमोजिमको कबुलियती वन समूह गठन तथा कार्ययोजना तयार गर्न र प्रभावकारी रुपमा कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछ।

(४) नियम ७३ बमोजिमको कबुलियती वन समूहले स्वेच्छाले कबुलियती वन फिर्ता गर्न चाहेमा डिभिजनल वन अधिकृतले कबुलियती वन फिर्ता लिई सरकारद्वारा व्यर्वास्थित वनको रुपमा व्यवस्थापन गर्नु पर्नेछ।

(५) नियम ७३ बमोजिमको कबुलियती वन समूहले स्वीकृत कार्ययोजनाको विपरीत कार्य गरेकोमा कबुलियती वन फिर्ता लिनु परेमा डिभिजनल वन अधिकृतले नियम ७८ बमोजिमको प्रक्रिया पूरा गरी कबुलियती वन फिर्ता लिन सक्नेछ।

(६) नियम ७३ बमोजिमको कबुलियती वन समूहलाई कबुलियती वन उपलव्ध गराउँदाका बखत त्यसमा रहेका रुखको संरक्षण गरे बापत त्यस्ता रूख बिक्री गर्दा प्राप्त हुने रकमको पचास प्रतिशत रकम सम्बन्धित कबुलियती वन समूहलाई उपलव्ध गराउनु पर्नेछ।