दफा ३६१
कर वा शुल्क फलोपभोगीले व्यहोर्नु पर्ने

फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको कानून बमोजिम लाग्ने कर, मालपोत वा दस्तुर फलोपभोगीले व्यहोर्नु पर्नेछ । तर फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति वापत भुक्तान गर्नु पर्ने सम्पत्ति कर स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।