दफा ७०९
करार कानून पक्षहरूले निर्धारण गरे बमोजिम हुनेः

(१) कुनै करारलाई नियमित गर्ने कानून (गभर्निङ्ग ल) त्यस्तो करारका पक्षहरूले करारमा निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम कानून निर्धारण नभएकोमा त्यस्तो करार परिपालना हुने मुलुकको र त्यस्तो मुलुक पनि यकिन हुननसकेमा त्यस्तो करार सम्पन्न भएको मुलुकको कानून बमोजिम त्यस्तो करार नियमित हुनेछ ।तर नेपालमासम्पन्नभएको करार नेपाल कानूनबाट नै नियमित हुनेछ ।