दफा ५३३
करारको निलम्बन वा हेरफेर हुन सक्ने

(१) करार गर्ने पक्षको मञ्जुरी भएमा करार बमोजिम गर्नु पर्ने कामको सम्पूर्ण वा कुनै अंश हेरफेर वा संशोधन गर्न, करार बमोजिम गर्नु पर्ने कामको अवधि बढाउन, करार बमोजिम गर्नु पर्ने काम केही समयको लागि गर्नु नपर्ने गरी करारको निलम्बन गर्न, करारमा उल्लिखित कामको सट्टा अन्य कुनै काम गर्न वा त्यस्तो करारको सट्टा अर्को कुनै करार गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम करारमा हेरफेर वा संशोधन भएमा नयाँ करार भएको मानिनेछ र सोही बमोजिम करार प्रभावकारी हुनेछ ।
(३) उपदफा (२) बमोजिम नयाँ करार भएकोमा त्यस्तो करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक शुरुमा गरिएको करार बमोजिमको दायित्व व्यहोर्नु पर्ने छैन ।