दफा ५१५
करारको व्याख्या

(१) करारको व्याख्या यसका पक्षहरूको सामुहिक मनसाय बमोजिम गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मनसाय स्थापित हुन नसकेमा सामान्य समझको व्यक्तिले पक्षको हैसियतले सामान्य अवस्थामा दिन सक्ने मनसायको अर्थ बमोजिम करारको व्याख्या गर्नु पर्नेछ ।
(३) करारका कुनै एक पक्षको कथन तथा आचरण अर्को पक्षले थाहा पाएको वा थाहा पाएको मान्न सकिने अवस्था भएमा त्यस्तो पक्षको मनसाय बमोजिम करारको व्याख्या गरिनेछ ।
(४) करारमा प्रयुक्त शब्दावली तथा अभिव्यक्तिको व्याख्या समग्र करार वा त्यस्ता शब्दावली तथा अभिव्यक्ति रहेको प्रसङ्गको आधारमा गरिनेछ ।
(५) करारमा प्रयुक्त शब्दावलीलाई अन्य शब्दावलीबाट बाहेक गरी केही शब्दावलीलाई मात्र प्रभाव नदिई त्यसमा प्रयुक्त सम्पूर्ण शब्दावलीहरूलाई प्रभावकारी बनाउने गरी व्याख्या गरिनेछ ।