नियम २८
काठ, दाउराको ओसारपसार
(१) यस नियमावली बमोजिम उपलब्ध भएको काठ, दाउरा जिल्ला बाहिर ओसारपसार गर्दा टाँचा र लोड गरिएको सवारी साधनमा विभागले डिभिजन वन कार्यालयलाई उपलव्ध गराएको सिल लगाई दरपिठ गराई ओसारपसार गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम ओसारपसार गरिएको काठ, /दाउरा ओसारपसारको अन्तिम गन्तव्य स्थलको डिभिजन वन: कार्यालय वा सब डिभिजन वन कार्यालयलाई जानकारी गराई अनलोड गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिम सिल भई आएको ढुवानीको साधन बिग्रिन गई वा दुर्घटना भई वा त्यस्तै अन्य कारण परी सिल टुट्न गएको अवस्थामा सो साधनमा रहेको काठ, दाउरा सोही साधनमा वा अर्को साधनमा पुन:-लोड गरी ढुवानी गराउनु पर्दा घटना घट्न गएको क्षेत्रको सब डिभिजन वन कार्यालयले डिभिजन वन कार्यालयको सहमतिमा पुन सिल लगाई ढुवानी गर्नु पर्नेछ।

(४) उपनियम (१) बमोजिम ओसारपसार गरिएको काठ, दाउराको विषयमा कुनै कारणले चेकजाँच वा छानबिन गर्नु पर्ने भएमा ओसारपसारको अन्तिम: गन्तव्य स्थलमा पुगेपछि डिभिजन वन कार्यालयको कम्तीमा राजपत्र अनङ्रित प्रथम श्रेणी वा सो सरहको वन प्राविधिक_कर्मचारीको रोहबरमा चेकजाँच वा छानबिन गर्नु पर्नेछ।