दफा ५१
कानूनी व्यक्ति जिम्मेवार रहने

कसैले कानूनी व्यक्तिको तर्फबाट कुनै काम कारबाही गर्दा कसैलाई कुनै किसिमको हानि, नोक्सानी पर्न गएमा त्यसकोजिम्मेवारी त्यस्तो कानूनी व्यक्तिको हुनेछ र त्यसको क्षतिपूर्ति सम्बन्धित कानूनी व्यक्तिले व्यहोर्नु पर्नेछ । तरकानूनी व्यक्तिको उद्देश्य वा कार्यक्षेत्र बाहिर रही गरेको वा वदनियत पूर्वक गरेको काम कारबाहीबाट कसैलाई हानि,नोक्सानी हुन गएमा त्यस्तो काम गर्ने सञ्चालक वा व्यक्ति नै व्यक्तिगत रूपमा जिम्मेवार हुनेछ ।