दफा ६४६
काम गर्नेलाई ज्याला मजुरी दिनु पर्नेः

(१) काम लगाउनेले काममा लगाए वापत दिनु पर्ने ज्याला मजुरी काम गर्ने व्यक्ति वा निजले मञ्जुरी गरेकोे अन्य कुनै व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ज्याला मजुरी भुक्तानी हुनु अगावै काम गर्ने व्यक्तिको मृत्यु भएमा निजले पाउने ज्याला मजुरी निजको नजिकको हकवालाले पाउनेछ ।