दफा २७४
क्षतिपूर्ति तिर्नु पर्ने

(१) कसैले कुनै सम्पत्ति जवरजस्ती, वदनियतपूर्वक वा गोप्य रूपमा भोग गरेमा त्यस्तो सम्पत्ति भोग गर्दा प्राप्त गरेको लाभ र त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति भोग गर्दा आफ्नो हेलचक्र्याइँबाट हुन पुगेको नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत तिर्नु पर्नेछ ।
(२) अरुको सम्पत्ति आफ्नो भोगाधिकारमा रहेको अवधिमा हराएमा वा क्षति भएमा भोगाधिकारवालाले त्यस्तो सम्पत्ति वापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।