दफा २७
क्षतिपूर्ति भराई दिने

(१) दफा २६ बमोजिम परेको उजुरी जाँचबुझ गर्दा प्रत्यर्थीले उजुरकर्तालाई वदनियतपूर्वक क्षति पुग्ने कुनै काम गरेको ठहरिएमा सम्बन्धित अदालतले अवस्था हेरी प्रत्यर्थीबाट उजुरीकर्तालाई मनासिब क्षतिपूर्ति भराई दिनेछ ।
(२) कुनै सरकारी वा सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीले यस परिच्छेदमा उल्लिखित नागरिक अधिकारको जानीजानी उल्लङ्घन गरेको ठहरिएमा उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकम त्यस्तो पदाधिकारी वा कर्मचारी आफैँले व्यहोर्नु पर्नेछ।