दफा ५४२
क्षतिपूर्ति मौद्रिक मूल्यमा यकिन गर्नु पर्ने

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेद बमोजिमको हानि, नोक्सानी वापतको क्षतिपूर्तिको मूल्याङ्कन गर्दा मौद्रिक मूल्यमा यकिन गरिनेछ । तर दफा ५४० बमोजिमको उपचारको हकमा सोही बमोजिम हुनेछ ।