दफा ६०७
क्षतिपूर्ति व्यहोर्नु पर्नेः

यस परिच्छेद बमोजिम करार गर्दाका बखत वा ढुवानी वापत ढुवानीकर्तालाई वस्तु बुझाएका बखत घोषणा गरिएका वा घोषणा गर्नु नपर्ने वस्तुको ढुवानी गर्दा भएको हानि, नोक्सानी वा क्षति वापत ढुवानीकर्ताले करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा वस्तुको धनीको मञ्जुरीले ढुवानी भएका मालसामानको शोधभर्ना वा त्यस्तो मञ्जुरी नभए वा हुन नसकेमा त्यस्ता वस्तुको प्रचलित मूल्य र मूल्य कायम गर्न नसकिएमा मनासिब मूल्य तथा वस्तुको धनीलाई हुन गएको हानि, नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत यस भागको परिच्छेद–५ को अधीनमा रही व्यहोर्नु पर्नेछ ।