दफा १५०
खर्च भराई लिन सक्ने

कुनै संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालन पोषण, स्वास्थ्य, शिक्षा, खेलकुद,मनोरञ्जन तथा हेरविचार आफ्नो सम्पत्तिबाट गरेको भए त्यस्तो हेरविचार गर्दा खर्च भएको रकम संरक्षकत्वमा रहेको असक्षमवा अर्धसक्षम व्यक्तिको सम्पत्तिबाट भराई लिन सक्नेछ। तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेकाव्यक्ति संरक्षक भएकोमा त्यस्तो खर्च भराई लिन सकिने छैन ।