दफा
गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने

(१) कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि, नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएकोक्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(२) प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परिणाम आफैँंले व्यहोर्नु पर्नेछ ।
(३) यस संहिता वा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेकउपदफा (१) बमोजिमको दायित्व निर्वाह गर्न सम्बन्धित व्यक्तिले क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।
(४) क्षतिपूर्तिको निर्धारण कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।