दफा ३२४
गुठी सञ्चालक नियुक्त गर्नु पर्ने

(१) गुठी सम्पत्तिको सञ्चालन, व्यवस्थापन, संरक्षण, हेरविचार गर्न तथा त्यस्तो सम्पत्तिबाट प्राप्त लाभ हितग्राहीकोलागि प्रयोग गर्न वा त्यसको उपयुक्त प्रबन्ध गर्न गुठी सञ्चालकको नियुक्ति गर्नु पर्नेछ ।
(२) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकको नियुिक्त गुठी संस्थापकले गर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम गुठी सञ्चालक नियुक्त नभएकोमा वा हुन नसकेमा गुठी संस्थापक नै गुठी सञ्चालक भएकोमानिनेछ ।