दफा ३४२
गुठी सञ्चालकले गर्न नहुने

(१) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकले देहायको काम गर्न वा गराउन हुँदैन :–
(क) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक अन्य कुनै किसिमले प्रयोग गर्न,
(ख) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक आफू वा अरू कसैलाई मुनाफा हुनेकुनै काममा प्रयोग गर्नवा लगाउन,
(ग) अर्को गुठी सञ्चालक वा अन्य कसैलाई गुठी सञ्चालकको जिम्मेवारी वा दायित्व प्रत्यायोजन वा सुम्पन, तरकुनै सामान्य कारोबारमा आफ्नो प्रतिनिधि वा वारेस नियुक्त गर्न वा त्यस्तो कारोबारको प्रकृतिलेजिम्मेवारी वा दायित्व प्रत्यायोजन हुनुपर्ने रहेछ भने त्यस्तो जिम्मेवारी वा दायित्व सुम्पन्न वाहितग्राही यकिन भएकोमा त्यस्तो हितग्राहीको अनुमतिले कसैलाई कुनै जिम्मेवारी दिन बाधा पर्ने छैन ।
(घ) एकभन्दा बढी गुठी सञ्चालक भएकोमा दफा ३२९ विपरीत एक्लैले गुठी सम्बन्धी कुनै काम गर्न,
(ङ) गुठी सञ्चालक भए वापत निजले कुनै किसिमको पारिश्रमिक, भत्ता वा सुविधा प्राप्त गर्न, तर कार्यालयस्थापना गरी पूर्णकालीन वा आंशिक काम गरेकोमा वा गुठीको उद्देश्य वा हितग्राहीकोहित प्रतिकूल नहुने गरीपञ्जिकाधिकारीको पूर्व स्वीकृति लिई मनासिब पारिश्रमिक, भत्ता वा सुविधा लिन सकिनेछ ।
(च) गुठी सञ्चालक बहाल रहेको अवधिभर र गुठी सञ्चालकबाटअवकाश प्राप्त गरेको कम्तीमा तीन वर्ष व्यतीत नभई आफू सञ्चालक रहेको गुठीको सम्पत्ति खरिद गर्न वात्यस्तो सम्पत्ति कुनै किसिमले धितो, बन्धक, लिज वा भाडामा लिन ।
(२) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति बीच आर्थिक कारोबार गर्न गराउन पाउने छैन । यस्तो कार्यगरेमा गुठी सम्पत्तिमा पुग्न गएको क्षति वापत निजले क्षतिपूर्ति दिनु पर्नेछ ।
(३) गुठी सञ्चालकले आफ्नो सम्पत्ति र गुठी सम्पत्तिलाई मिसाउन पाउने छैन ।