दफा ३४३
गुठी सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिने

संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक मात्र हितग्राही भएकोमा निज करार गर्न योग्य भएपछि र एकभन्दा बढीहितग्राही भए प्रत्येक हितग्राही करार गर्न योग्य भई एकमत भएपछि निजले गुठीको सम्पत्ति आफूलाई हस्तान्तरण गर्न गुठीसञ्चालकलाई निर्देशन दिन सक्नेछन् र त्यसरी निर्देशन दिएमा त्यस्तो निर्देशन पालना गर्नु गुठी सञ्चालकको कर्तव्यहुनेछ । तर सार्वजनिक गुठीको हकमा यो व्यवस्था लागू हुने छैन ।