दफा ३४५
गुठी सम्पत्तिको स्वामित्व कायम गर्नु पर्ने

(१) गुठी सम्पत्ति दर्ता स्रेस्तामा गुठी जनाई संस्थापनापत्रमा उल्लेख भए बमोजिमको व्यक्तिको नाममा रहनेछ रसंस्थापनापत्रमा स्वामित्व रहने व्यक्ति उल्लेख नभएकोमा हितग्राही व्यक्तिको नाममा रहनेछ ।
(२) सार्वजनिक गुठीको हकमा त्यस्तो गुठीको सम्पत्ति सञ्चालन तथा व्यवस्थापन गर्न छुट्टै सङ्गठित संस्था खडा गर्नुपर्ने व्यवस्था संस्थापनापत्रमा भएकोमा त्यस्तो सम्पत्ति त्यसरी खडा भएको सङ्गठित संस्थाको नाममा रहनेछ ।