दफा ३४०
गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गुठी सम्पत्ति संरक्षण गर्ने, गुठीको उद्देश्य कार्यान्वयनगर्ने वा हितग्राहीको हित संरक्षण गर्ने सिलसिलामा गुठी सञ्चालकले आफ्नो निजी वा अरू कसैको सम्पत्ति प्रयोग गरेकोरहेछ भने त्यस्तो सम्पत्ति वापतको रकम गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउनेछ ।