दफा ३३३
गुठीको सम्पत्तिको अभिलेख राख्नु पर्ने

(१) गुठी सञ्चालकले गुठीको सम्पत्तिको फाँटबारी तयार गरी अभिलेख अद्यावद्यिक गर्नु पर्नेछ र सार्वजनिक गुठीको हकमाप्रत्येक वर्ष त्यस्तो अभिलेखको एक प्रति पञ्जिकाधिकारी समक्ष दाखिला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको फाँटबारीमा कूल सम्पत्ति, ऋण, वा त्यस्तो सम्पत्ति कुनै व्यवसायमा लगानी गरेको भए सोकोसाँवा, ब्याज वा अन्य कुनै प्रतिफल प्राप्त गरेको भए सो समेत उल्लेख गर्नु पर्नेछ ।