दफा ३९३
घरको बीमा गराउनु पर्ने

(१) औद्योगिक वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरकोसुरक्षाको लागि घरको बीमा गराउनु पर्नेछ। स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनकोलागि“औद्योगिक वा व्यावसायिक प्रयोजन” भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वाडिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य सम्झनुपर्छ।
(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने दायित्व भएको व्यक्तिले घरको बीमा नगराएमा र सो घरविपद्, अशान्ति, हुलदङ्गा, आगजनी जस्ता कारणबाट क्षति हुन गएमा त्यसको जिम्मेवारी घर बहालमालिने व्यक्तिले व्यहोर्नु पर्नेछ।