दफा ६७९
घरको मुलीले दायित्व व्यहोर्नेः
कुनै घरबाट कुनै किसिमको फोहोर मैला वा वस्तु फालेको कारणबाट कसैलाई हानि, नोक्सानी भएकोमा सम्बन्धित घर मुलीलेदायित्व व्यहोर्नु पर्नेछ ।स्पष्टीकरणःयस दफाको प्रयोजनका लागि,–
(१) “घर” भन्नाले घर वा छाप्रो सम्झनु पर्छ र सो शब्दले घरको संरचना समेतलाई जनाउँछ ।
(२) “घर मुली” भन्नाले घर परिवारमा मुख्य भई काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले कसैको घरमाबहालमा बस्ने व्यक्तिको हकमा बहालवालाको परिवारको मुख्य भई काम गर्ने व्यक्ति समेतलाई जनाउँछ ।