दफा ६८३
छुट्टै व्यवस्था भएकोमा दायित्व व्यहोर्नु नपर्नेः

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्ने दुष्कृतिलाईकानून बमोजिम फौजदारी कसूर मानिएको वा त्यस्तो दुष्कृतिका सम्बन्धमा यस संहिता वा अन्य कानूनमा छुट्टै व्यवस्था वाछुट्टै कानूनी उपचारको व्यवस्था भएकोमा यस परिच्छेद बमोजिमको दायित्व व्यहोर्नु पर्ने छैन ।
(२) उपदफा (१) को अधीनमा रही यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्ने दुष्कृति त्यस्तो दुष्कृति गरेको भनिएकोव्यक्तिको हेलचेक्र्याइँ, लापरवाही, त्रुटि वा अकर्मण्यताको परिणामबाट नभई अन्य कुनै कारणबाट भएको हो भन्नेप्रमाणित गरेमा त्यस्तो दृष्कृति वापत व्यहोर्नु पर्ने दायित्वबाट निजले फुर्सद पाउनेछ ।