दफा ११८
छोरा छोरीको अधिकार कायमै रहने

(१) यस संहिता बमोजिम पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भए तापनि निजहरूबाट जन्मिएका छोरा, छोरीको बाबु, आमामाथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायमै रहनेछ ।
(२) कुनै व्यक्तिको बाबु आमा यस संहिता बमोजिम पति पत्नी हुन नसक्ने भएपनि निजहरूबाट जन्मिएका छोरा, छोरीको बाबु, आमामाथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायमै रहनेछ ।