दफा ७५
जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने

दफा ७२ बमोजिम विवाह वदर भएमा वा दफा ७३ बमोजिम विवाह वदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा दफा ७४ को उपदफा (२) को अवस्थामा जन्मिएको शिशुको कानून बमोजिमको हकमा कुनै असर पर्ने छैन ।