दफा ५६७
जमानत दिने व्यक्ति साहूको रूपमा प्रतिस्थापन हुने

(१) जमानत दिने व्यक्तिले ऋणीको तर्फबाट तिर्नु पर्ने ऋण वा करार बमोजिम पूरा गर्नु पर्ने दायित्व साहूलाई तिरे वा पूरा गरेपछि त्यस्तो ऋण वा दायित्वका सम्बन्धमा जमानत दिने व्यक्ति साहूको रूपमा प्रतिस्थापन हुनेछ र निजले साहू सरह निजबाट ऋण असूल गर्न वा ऋणी उपर कानूनी कारबाही चलाउन सक्नेछ ।
(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्तिले ऋणीको तर्फबाट चुक्ता गरिदिएको ऋण वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिका तर्फबाट पूरा गरिदिएको दायित्व वापतको सम्पूर्ण रकम तथा त्यसमा लाग्ने ब्याज वा अन्य कुनै शुल्क वा रकम समेत ऋणीले जमानत दिने व्यक्तिलाई तिर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम ऋणीले तिर्नु पर्ने रकम नतिरेको कारणबाट कानूनी कारबाही गर्नु पर्ने भएमा वा त्यस वापत अन्य कुनै खर्च गर्नु परेमा त्यस्तो खर्च समेत जमानत दिने व्यक्तिले भरार्ई लिन पाउनेछ ।