दफा ५६८
जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था
देहायका कुनै अवस्थामा जमानत दिने व्यक्तिले जमानत सम्बन्धी करार बदर गराउन सक्नेछ :
(क) जुन कारोबारको सम्बन्धमा जमानत दिएको हो त्यस्तो कारोबारसँग सम्बन्धित विषयको बारेमा साहू स्वयंले वा निजको सहमतिमा अरू कसैले जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई जमानत प्राप्त गरेको भएमा,
(ख) जमानतको विषय, धनमाल वा तथ्य नै लुकाएको वा उल्लेख नगरेको भएमा,
(ग) कुनै तेस्रो व्यक्ति समेत जमानी रहने गरी करार भएकोमा त्यस्तो व्यक्तिले जमानत दिन सहमति नदिएको भएमा ।