दफा ५६३
जमानत सम्बन्धी करार भएको मानिने

(१) कुनै एक व्यक्तिले लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता नगरेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी करार भएकोमा जमानत सम्बन्धी करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम तेस्रो पक्षले जमानत दिएकोमा ऋण तिर्नु पर्ने व्यक्तिले नतिरेमा वा पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा करार बमोजिमका शर्त त्यस्तो ऋण वा दायित्व जमानत (ग्यारेण्टी) दिने व्यक्तिले पूरा गरिदिनु पर्नेछ ।
(३) जमानतका शर्तहरू करारमा निर्धारण भए बमोजिम हुनेछन् ।
(४) जमानत सम्बन्धी करार लिखित रूपमा भएको हुनु पर्नेछ ।