दफा २८
झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिने

(१) कसैले कसैलाई दुःख दिने वा हानि, नोक्सानी पुर्याउने नियतले झुट्टा उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी झुट्टा उजुरी दिने उजुरीकर्ताबाट प्रत्यर्थीलाई मनासिब क्षतिपूर्ति भराई दिनेछ ।
(२) उपदफा (१) बमोजिम भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आफ्नो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछन्।