नियम ३८
टाँचा तथा सिलको दर्ता र्‌ प्रयोग
(१) डिभिजन वन कार्यालयले प्रयोग गर्ने टाँचा र सिल विभागमा दर्ता हुनेछ। विभागले डिभिजन वन कार्यालयलाई उपलब्ध गराएको टाँचा र सिलको विवरण अद्यावधिक गरी राख्नु. पर्नेछ)

(२) यो नियमावली प्रारम्भ हुनु अघि आफ्नो कार्यालयमा रहेको टाँचा र सिलको विवरण डिभिजनल वन अधिकृतले यो नियमावली प्रारम्भ भएको तीन महिनाभित्र विभागमा अच्चावधिक गराउनु पर्नेछ।

(३) विभागले आवश्यकताको आधारमा एउटा डिभिजन वन कार्यालयमा रहेको टाँचा अर्को डिभिजन वन कार्यालयलाई प्रयोग गर्नको लागि उपलब्ध गराउन सक्नेछ।

(४) यस नियम बमोजिमको टाँचा र सिलको प्रयोग कम्तीमा राजपत्र अनड्डित प्रथम श्रेणी वा सो सरहको वन प्राविधिक कर्मचारीले गर्नेछ।

(५) यस नियम बमोजिमको टाँचा र सिलको प्रयोग र सुरक्षाको जिम्मेवारी डिभिजनल वन अधिकृतको हुनेछ।