दफा ६०४
ढुवानीकर्ता जवाफदेही हुनेः

(१) कुनै वस्तु एकभन्दा बढी ढुवानीकर्ताले वा एकभन्दा बढी ढुवानी साधनबाट ढुवानी गर्नु परेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ढुवानीकर्तालाई वस्तुको धनीले वस्तु बुझाएको हो सोही ढुवानीकर्ता जिम्मेवार हुनेछ ।
(२) कुनै वस्तु ढुवानी गर्ने व्यक्तिले त्यस्तो वस्तु ढुवानी गरी सम्बन्धित व्यक्तिलाई बुझाउनु अघि नै चोरिएमा, हराएमा, नासिएमा वा नष्ट भएमा ढुवानीकर्ता जिम्मेवार हुनेछ ।तर विपद् वा दुर्घटनाको कारण त्यस्तो वस्तु हराएको, नासिएको वा नष्ट भएकोमा ढुवानीकर्ता जिम्मेवार हुने छैन ।