दफा २२४
ताला खोली सम्पत्तिको फाँटबारी लिन सक्ने

सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटबारी नदिएको कारण निज जिम्माको घरको ताला खुलाई फाँटवारी लिनु पर्नेभएमा अदालतले घरको साँचो लिने अंशियार भए निजलाई समेत र नभए अंश पाउँ भन्ने व्यक्ति र स्थानीय तहको सम्बन्धित वडाकोप्रतिनिधि सहित कम्तीमा दुईजना रोहबरमा राखी घरको ताला खोली भएसम्मको सम्पत्तिको विवरण खडा गरी सम्पत्तिको फाँटवारीलिन सक्नेछ ।