दफा ६८६
त्रुटिपूर्ण उत्पादन भएको प्रमाणित गर्नु पर्नेः

कसैले कुनै वस्तु वा सेवा त्रुटिपूर्ण उत्पादन भएको र त्यसको उपभोग गरेको कारणले आफ्नो जीउ, ज्यान वा सम्पत्ति उपर क्षति पुगेको दाबी गरेमा त्यस्तो त्रुटिपूर्ण उत्पादन तथा क्षतिको सम्बन्ध र त्यस्तो उत्पादन उपभोग गरेको कारणले नै त्यस्तो क्षति भएको कुरा निजले प्रमाणित गर्नु पर्नेछ ।