दफा ४७१
दाखिल, खारेज तथा नामसारी गर्नु पर्ने

(१) पारित भएको लिखतबाट दाखिल, खारेज तथा नामसारी गर्नु पर्ने भएमा सम्बन्धित कार्यालयले लिखत पारित भएको दिन, त्यस दिन सम्भव नभएमा त्यसको भोलिपल्ट दाखिल, खारेज तथा नामसारी गर्नु पर्नेछ ।
(२) आफ्नो कार्यालयबाट पारित भएको लिखत अनुसार अन्य कार्यालयको से्रस्तामा दाखिल, खारेज तथा नामसारी गर्नु पर्ने भएमा लिखत गराई लिने मानिसलाई सम्बन्धित कार्यालयमा दाखिल, खारेज तथा नामसारी गर्न जानु भनी पैँतीस दिनको म्याद दिई त्यस्तो लिखत समेत सम्बन्धित कार्यालयमा पठाइदिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम अन्य जिल्लाबाट दाखिल, खारेज तथा नामसारीको लागि लिखत प्राप्त भएमा सम्बन्धित कार्यालयले आफ्नो से्रस्तामा त्यसरी पारित भएको कुरा अभिलेख गरी लिखत बमोजिम दाखिल, खारेज तथा नामसारी गरिदिनु पर्नेछ ।