दफा ७११
दान बकस दाताको नागरिकताको कानूनबाट नियमन हुनेः

(१) दान वा बकसको वैधताको विषय दान बकस दिँदाका बखत कायम रहेको दाताको नागरिकताको कानून बमोजिम नियमन हुनेछ ।
(२) दान वा बकस जुन ठाउँमा दिइएको हो सोही मुलुकको कानून बमोजिम औपचारिकता पूरा गरिएको भए रीतपूर्वक दान वा बकसप्रदान गरिएको मानिनेछ ।