दफा ४५८
दान वा बकसमा दिएको घर हक सफा गर्न पाउने

(१) दफा ४५५, ४५६ वा ४५७ मा जुनसुकै कुरालेखिएको भए तापनि कसैले कुनै व्यहोराले आफ्नो हक छाडी एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेकोजग्गा, लगापात दान, बकस गरी दिएकोमा त्यसरी दान, बकस पाउनेले त्यस्तो घर वा जग्गा अर्को व्यक्तिलाई कुनैव्यहोराले हक हस्तान्तरण गरी दिएछ भने त्यस्तो दान, बकस गरिदिने व्यक्ति वा निजको सोही ठाउँमा बस्ने हकवालालेत्यस्तो हक सफा गरी लिन चाहेमा त्यस्तो घर वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगापात हक सफा गरीलिन पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यक्तिबाट एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तोघरले चर्चेको जग्गा वा लगापात दान, बकस पाएकोमा जसबाट आफूले दान बकस पाएको हो त्यस्तो व्यक्तिले त्यस्तो घर वाजग्गाको बाँकी अर्को व्यक्तिलाई पुनः दान बकस गरिदिएछ भने त्यसरी पहिले दान बकस पाउनेले वा निजको हकवालालेत्यस्तो बाँकी हक सफा गरी लिन पाउनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिँदा दान, बकस गर्दा मूल्य अङ्क खुलेकोमा त्यस्तो मूल्य बराबरको रकम र मूल्यअङ्क खुलेको रहेनछ भने प्रचलित बजार मूल्य बराबरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर साहूलाई चुक्ता गर्नुपर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवाला र नजिकका हकवालापनि एकभन्दा बढी भएमा सबैभन्दा बढी मर्का पर्ने हकवालाले हक सफा गरी लिन सक्नेछ ।