दफा ४९५
दायित्व पूरा गर्नु पर्ने

(१) कुनै विषयको दायित्व जसले पूरा गर्नु पर्ने गरी कायम वा सृजना भएको छ वा जुन व्यक्तिले दायित्व लिएको हो सोही व्यक्तिले त्यस्तो विषयको दायित्व पूरा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दायित्व पूरा नहुँदै त्यस्तो व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा निजको सम्पत्ति प्राप्त गर्ने हकवाला वा निजको संरक्षक वा माथवरले वा जमानत सम्बन्धी करार भए त्यस्तो जमानत दिनेले त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।