दफा ६८८
दायित्वको मात्रा कम हुन सक्नेः

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि त्रुटिपूर्ण उत्पादन गर्ने व्यक्ति तथा उपभोग गर्ने व्यक्ति दुवैको कारणबाट क्षति हुन पुगेको कुरा प्रमाणित भएमा उत्पादकको दायित्व समानुपातिक तवरले कम हुन सक्नेछ ।

तर त्यसरी भएको क्षतिबाट तेस्रो पक्षलाई हानि, नोक्सानी भएकोमा त्यस्तो पक्षको हकमा दायित्वको मात्रा कम हुन सक्ने छैन ।