दफा ६७२
दुष्कृति गरेको मानिनेः

(१) कसैले आफ्नो वा यस परिच्छेद बमोजिम आफैँले दायित्व वहन गर्नु पर्ने अरू कसैको त्रुटि, हेलचेक्रयाईँ वा लापरवाहीजेसुकैबाट भए तापनि गरेको कुनै काम (कमिसन) वा अकर्मण्यता (ओमिशन) बाट कसैको जीउ, ज्यान वा सम्पत्ति वा कानूनबमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानि, नोक्सानी पुर्याउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको काम वा अकर्मण्यताका सम्बन्धमा पक्षहरू बीच कुनै पूर्व करार सम्बन्ध भएको रहेनछ भने त्यस्तोकाम वा हेलचेक्र्याइँको परिणाम स्वरूप उत्पन्न हानि, नोक्सानीलाई दुष्कृति गरेको मानिनेछ।स्पष्टीकरणःयस परिच्छेदको प्रयोजनको लागि “अकर्मण्यता” भन्नाले कसैले गर्नु पर्ने काम नगरेको अवस्था सम्झनुपर्छ ।
(३) उपदफा (२) बमोजिम दुष्कृति गरेकोमा त्यस्तो कार्य गर्ने व्यक्तिले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्ने छ।
(४)