दफा ७१२
दृष्कृति वापतको दायित्व निर्धारणः

(१) विदेशी, विदेशी वस्तु वा विदेशमा भएको काम समावेश भएको कानून बमोजिम दृष्कृति मानिने काम वापतको दायित्वनिर्धारण गर्दा त्यस्तो काम भएको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको काम कुनै एक मुलुकमा प्रारम्भ भई त्यसको कारणबाट परिणाम अर्को मुलुकमा उत्पन्न भएमापरिणामउत्पन्न भएको मुलुकको कानून बमोजिम दायित्व निर्धारण गरिनेछ ।
(३) उपदफा (२) बमोजिम दायित्व निर्धारण हुन नसकेमा जुन मुलुकमा दुष्कृति मानिने काम भएको छ सोही मुलुकको कानूनबमोजिम निर्धारण गरिनेछ ।