दफा ७१५
दोहोरो नागरिकता रहेकोमा सामान्य बसोबास रहेको मुलुकको कानून बमोजिम हुनेः

(१) यस भागमा नागरिकता रहेको मुलुकको कानून बमोजिमकुनै विषय निर्धारण हुने भनिएकोमा कुनै व्यक्तिको एकै पटक दुई वा दुईभन्दा बढी देशको नागरिकता रहेकोमा निजकोनागरिकता रही सामान्य बसोबास गर्दै आएको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
(२) उपदफा (१) बमोजिमको मुलुकको कानून बमोजिम त्यस्तो विषय निर्धारण हुन नसकेमा नागरिकता रही अत्यन्त निकटतमसम्बद्धता रहेको (मष्ट क्लोजेष्ट कनेक्शन) मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।तर नेपाली नागरिकतासमेतरहेको, नेपालमा सामान्य बसोबास रहेको वा गैरआवासीय नेपाली नागरिकको हकमा नेपाल कानून बमोजिम निर्धारण हुनेछ।
(३) उपदफा (१) बमोजिमको विषय शरणार्थी वा राज्यविहिन व्यक्तिको हकमा भए त्यस्तो व्यक्तिको सामान्य बसोबास रहेकोमुलुकको कानून बमोजिम र त्यस्तो कानून पनि निर्धारण हुन नसकेमा निजको तत्काल बसोबास रहेको मुलुकको कानूनबमोजिमनिर्धारण हुनेछ ।