दफा १९०
धर्मपुत्र वा धर्मपुत्री दिँदा बालबालिकाको सर्वाेत्तम हित सुनिश्चित गर्नु पर्ने

(१) यस परिच्छेद बमोजिम विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिनु अघि नेपाल सरकारले बालबालिकाकोसर्वाेत्तम हित, निजको मानव अधिकारको संरक्षण र त्यस्तो बालबालिका अपहरण, बेचबिखन वा अन्य कुनै किसिमले दुरुपयोगहुने वा नहुने तर्फ विचार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विचार गर्दा कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिन उचित देखिएमामात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिइनेछ ।