दफा १८५
धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने

(१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले दफा १८१ बमोजिमको दायित्व पूरा नगरेमा कुनै धर्मपुत्र वा धर्मपुत्रीलेधर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ । तर त्यस्तो धर्मपुत्र वा धर्मपुत्रीले अंश लिइसकेको भए बदर गराउनसक्ने छैन ।
(२) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले देहायका कुनै अवस्थामा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछः–
(क) धर्मपुत्र वा धर्मपुत्रीले दफा १८२ बमोजिमको दायित्व पूरा नगरेमा,
(ख) धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई घरबाट निकाला गरेमा वा पटक पटक शारीरिक वा मानसिक यातना दिएमा,
(ग) धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो सम्पत्तिको दुरूपयोग गरेमा,
(घ) आफ्नो मञ्जुरी नलिई तीन वर्ष वा सोभन्दा बढी समयसम्म आफूलाई छाडी धर्मपुत्र वा धर्मपुत्री अलग बसेमा ।
(३) उपदफा (२) को खण्ड (क) र (घ) को व्यवस्था विवाहिता धर्मपुत्रीको हकमा लागू हुने छैन ।